काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ५५ प्रतिशतले कमि भएको छ ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले १२ करोड ३९ लाख नाफा कमाएको थियो । गत आर्थिक वर्ष ५ करोड ५२ लाखमा झरेको हो । गत आर्थिक वर्षमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले विद्युत विक्री बापत २४ करोड ५४ लाख आम्दानी गरेकोमा गत आर्थिक वर्षमा २१ करोड ७१ लाखमा सिमित भएको छ ।
कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीले जगेडामा ५ करोड ४५ लाख सञ्चिती रहेको हो । प्रतिशेयर आम्दानी ११ रुपैयाँ ०६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ९१ पैसा रहेको छ ।