IME Life New

नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आ.व. २०७९ ÷ ०८० को साधारण सभा सम्पन्न भएको हो । उक्त सभा साउन १८ गते काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले निवर्तमान अध्यक्ष गौरव शारदालाई पुनः आगामी २ वर्षका लागि निर्विरोध अध्यक्षमा चयन गरेको छ । साथै उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्यहरूमा शंकर लाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन् ।

Esewa
Crest

सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठुलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकोले उद्योगहरूलाई ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेकोले सो बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ ।

संघका अध्यक्ष गौरव शारदाले भने, “अक्सिजन सिलिन्डरको मापदण्ड अन्तर्गत Colour Coding, Labeling, Maximum Filling Pressure, Gas Information, Periodic Inspection Details आदि सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको व्यवस्था लागू गरे मात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनिकरण गर्न सकिन्छ ।”

संघले आगामी दिनमा लिक्विड अक्सिजनको आयातमा कडाई गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।

अध्यक्ष शारदाले थपे, “नेपालमा सञ्चालित अक्सिजन ग्यास उद्योगहरूको उत्पादन माग भन्दा धेरै रहेकोले लिक्विड अक्सिजन आयात गर्न आवश्यक छैन । लिक्विड अक्सिजनको आयातले गर्दा देशभरी सञ्चालनमा रहेको २८ वटा अक्सिजन उद्योगहरूको भविष्य धरापमा परेको छ । यसरी अक्सिजन ग्यासमा नेपाल भारतर्फ निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS