काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ३७ अंकले घटेर २,०५१ दशलमव ४७ को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । कृषि विकास बैंकका लगानीकर्ताले ६ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन् ।