काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ३७ अंकले घटेर २,०५१ दशलमव ४७ को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य २९७ रुपैयाँ रहेको छ ।