Connect IPS
IME Life

स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन: मन्त्री सिंखडा

SPIL
NIC ASIA new
Sanima Reliance

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी नरहने बताएकी छिन् । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी हुन् ।

जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी हुन । आयुर्वेद औषाधालयलाई संग संगै विकास गरेर काम गर्ने योजना सुनाइन ।

Prabhu
Crest

गण्डकी प्रदेशका बिरामीलाई जस्तोसुकै रोगलाइ पनि गण्डकी प्रदेश भित्र नै उपचार गर्ने वातावरण बनाउने योजना मन्त्री सिंखडाले सुनाइन ।स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागी कुनैपनि कसरत बाँकी नराख्ने, प्रदेशबाट नै सकेसम्म धेरै सेवा निशुल्क दिने योजना, एनजीओ संग सहकार्या गर्ने कार्यक्रम मन्त्रीलाइ सोधेर मात्र अघि बढ्नुपर्ने लगायतका निर्देशन दिइन ।

गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य सुबास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको परिवारिक स्वास्थ्य प्रोफाइल योजना तिव्र रुपमा अघि बढाउनुपर्ने जानकारी दिए ।

जनताको स्वास्थ्य उपचारको लागी कम खर्च हुने योजन अघि बढाउनु अनुरोध गरे । स्वास्थ्को क्षेत्रमा कुनैपनि योजना हाल्ने बेलामा योजना माथी अनुसंधान हुनुपर्ने बताए ।

संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक बिकास गौचनले संक्रमण तथा सरुवा रोग अस्पतालले अहिलेसम्म उल्लेखनिय काम गरेको बताए । अहिले पनि गण्डकी अस्पतालमा अन्य अस्पतालमा नपाइने तर संक्रमण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिएको बताए ।५० शैयाको अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्रथामिक उपचार र इमजेन्सी सेवा २४ घण्टा नै सुचारु गरेको सुनाए ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षेयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रलय आपुर्ति व्यवस्थापन केन्द्र लगायतका संस्थाले समिक्षामा प्रगति विवरण र आगामी वर्षको योजना पनि सुनाएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS