काठमाडौं । आज नेप्से परिसूचक ३ अंकले बढेर २,०८९ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ता र एनआइबिएल ग्रोथ फण्डका इकाइधभनीले कमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीले ७ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले ७ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्स कम्पनकिा लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव १९ प्रतिशतका दरले गुमाएका हुन् ।