Connect IPS
IME Life

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम १ अर्ब ७८ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ३ अंकले बढेर २,०८९ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावर कम्पनीको ५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आइसीएफसी फाइनान्सको ५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रोग्रेशिभ फाइनान्स कम्पनीको पनि ५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानकिर्ता र एनआइबिएल ग्रोथ फण्डका इकाइधनीले कमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीले ७ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले ७ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्स कम्पनकिा लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव १९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS