IME Life New

बैद्य अर्गनाइजेशनका कर्मचारीले ॐ हस्पिटलको उपचारमा बिशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित बैद्य अर्गनाइजेशन बीच विशेष छुट सहित सेवा सम्वन्धी सम्झौता भएको छ । बैद्य अर्गनाइजेशनको कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत तथा बैद्य अर्गनाइजेशनका निर्देशक वेद वहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बैद्य अर्गनाइजेशनका सदस्य र कर्मचारीहरुको लागी आवश्यक स्वास्थ्य उपचार सेवा सुलभ र सहज रुपमा पु–याउने उदेश्यले सम्झौता गरेको जनाइएको छ । सम्झौता अनुसार बैद्य अर्गनाइजेशनसँग सम्वन्धित कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ अन्तर्गत पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुटमा सहजरुपमा लिन सक्नेछन् ।

Esewa
Crest

सम्झौतामा चिकित्सकसँगको परामर्श, विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा प्रि हेल्थ चेकअप सेवा लगायतका सुविधाहरु उपलब्ध हुने जनाइएको छ । ॐ अस्पतालले कर्पोरेट डेस्क मार्फत बैद्य अर्गनाइजेशनको संस्थागत सिफारिसमा उपचार तथा परिक्षणका लागि आउनुहुने सेवाग्राहिका लागि सम्पर्क ब्यक्तिको समेत व्यवस्था गरेको छ ।

समारोहमा बैद्य अर्गनाइजेशनका एचआर तथा एडमिन प्रमुख विनिता कुईँकेल र ॐ हस्पिटलका विजनेस डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी सहभागी थिए । नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य उपचार सेवा प्रदायक ॐ अस्पतालले दुइ दशक अधिदेखि नै आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनसँगै ग्राहकहरुकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।

निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

निःसन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ.भि.एफ. सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

स्वास्थप्रति जागरुक नागरिकहरुकालागि यस अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS