काठमाडौं । पाँच दिन लगातार गिरावट आएपछि हिजो सामान्य अंकले बढेको बजारमा आज पनि पहिरो गएको छ । आज नेप्से परिसूचक २८ दशमलव ५९ अंकले बढेर २,०७७ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज १७ कम्पनकिो मात्रै शेयर मुल्य बढेको छ भने १९६ कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि हिजो बुक क्लोज मिति तय गरेको हो । आज कम्पनीको ८ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ७ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ५ करोड १८ लाख रुपैयाँमाथिको शेयर कारोबर भएको छ ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ४ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । सेक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १ दशमलव ७४ प्रशिततका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै किसान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशमलव ५६ प्रशिततका दरले गुमाएका हुन् । हिमालयन लघुवित्तका लगानीकर्ताले ५ दशमलव ५७ प्रतिशतका दरले गुमाएका हुन् ।