IME Life New

अपर तामाकोशीले डाक्यो १५औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले भदौ ६ गते १५औं वार्षिक साधारण सभा गर्ने भएको छ। असार २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे हुने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफार (नोक्सान) हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आर्थिक वर्ष २०७८/७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS