Connect IPS
IME Life

एशियन लाइफको लगानी रहेको होटेल क्राउनले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफको लगानी रहेको अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।

सो सम्बन्धी आज कम्पनी र क्यापिटलबीच सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रकम बराबरको १ करोड १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले २०७६ असार १३ गतेबाट रविभवन, काठमाडौंमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । कुल १३१ कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठूला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS