IME Life New

हकप्रद शेयर निष्काशनका लागि अपर तामाकोशीको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन तथा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको निर्णय बमोजिम हकप्रद शेयर निष्काशनका लागि कम्पनीले यही साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण साउन २५ गतेसम्म कायम शेयरधनीहरु मात्रै यस कम्पनीको हकप्रद भर्न सक्नेछन् ।

कम्पनीलाई गत असार २२ गते नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको थियो। कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्काशन गर्नेछ।

Esewa
Crest

अपर तामाकोशीको हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन्। हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS