काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ८४ अंकले बढेर २,१०६ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १११ कम्पनीको शेयर मुल्य बढेको छ भने ९९ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै सनराइज ब्लुचिप फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ७ दशमलव १० प्रतिशतका दरले कमाएका छन् ।
बलेफि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ३१ प्रतिशतका दरले गुमाएका हुन् ।