Connect IPS
IME Life

लगातार ५ दिन घटेको बजारमा आज सामान्य बृद्धि, १११ कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातार ५ दिनसम्म घटेको बजार आज सामान्य अंकले बढेको छ । आज शेयर बजारले लगानीकर्तालाई केही राहत दिएको छ । आज नेप्से परिसूचक ५ दशमलव ८४ अंकले बढेर २,१०६ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १११ कम्पनीको शेयर मुल्य बढेको छ भने ९९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सोल्टी होटलको ५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै सनराइज ब्लुचिप फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ७ दशमलव १० प्रतिशतका दरले कमाएका छन् । बलेफि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया फ्ेक्सी फण्डका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ३१ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS