IME Life New

एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुपबीच लगानी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड (साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रालि र हंसराज हुलासचन्द एन्डको प्रालिबीच सम्झौता भएको छ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा ‘कर्पोरेट पेरोल एसआईपी’ लगानी गर्ने उद्देश्यका साथ एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को प्रालिका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक–एचआर नीता राणा तथा हिम इलेक्ट्रोनिक्सका तर्फबाट उपप्रबन्धक नीलम केसी र एनआईएमबी एस क्यापिटलका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स। तथा हंसराज हुलासचन्दका कर्मचारीले आफ्नो इच्छाअनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबिएल सहभागिता फन्डको व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत लगानी गर्न सक्नेछन्।

उक्त हस्ताक्षर समारोहमा एनआईएमबीएस क्यापिटलका तर्फबाट म्युचुअल फन्ड प्रमुख पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड कोका तर्फबाट सहायक महाप्रबन्धक–अकाउन्ट एन्ड फाइनान्स सन्तोषप्रसाद घिमिरे तथा हिम इलेक्ट्रोनिक्सका तर्फबाट वित्त नियन्त्रक–अकाउन्ट एन्ड फाइनान्स योगेशचन्द्र पन्तको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS