IME Life New

हुलास स्टील ईण्डष्ट्रिजले विभिन्न कार्यक्रम गरी मनायो हुलास स्टील दिवस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुलास स्टिल दिवसको अवसरमा हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले विभिन्न कार्यक्रम गरी मनाएको छ । कम्पनीले काठमाडौं स्थित करपोरेट कार्यालयमा, सिमरा स्थित कारखाना र हिप्को इन्फ्रा बेल्वा स्थित कारखानामा रक्तदान कार्यक्रम गरी मनाएको हो ।

खरको छानाहरुमा हुने आगलागीको जोखिम र धनजनको क्षतिलाई न्युनिकरण गर्ने उद्देश्यका साथ गुणस्तरिय कर्कटजस्तापाता स्वदेश मै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रयाले नेपालको पहिलो स्टील उद्योगका रुपमा स्थापना भएको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेड, सिमरा, बाराले उद्योगका संस्थापक एवम् संचालक स्व।दिवाकर गोल्छाको ७० औं जन्मजयन्तीको अवसर पारेर रक्तदान एवम् आर्थिक सहयोग प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।

Esewa
Crest

कम्पनीको काठमाण्डौ स्थित कार्यालय गोल्छा हाउस, गणबहाल मा गरिएको रक्तदानमा २४ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । त्यस्तै, उद्योगको सिमरा स्थित काराखानामा गरिएको रक्तदानमा १५८ जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन् । त्यस्तै हिप्को ईन्फ्रा प्रा.लि. बेल्वा, बीरगंजमा ३७ जना भन्दा बढीले रक्तदान गरेका छन् ।

उद्योगले रक्तदान गर्ने सबै महानुभावहरु र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । यसका साथै उद्योगले “हुलास स्टिल दिवस” को अवसरमा नयां सिआरएम प्लान्ट बाट आफ्नो उत्पादन समेत प्रारम्भ गरेको छ ।

प्लान्टको उद्घाटन जितपुरसिमरा उमनपाका मेयर राजन पौडेलले गरे । प्लान्टको उद्घाटन कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, बारा जिल्लाका प्रहरी प्रमुख, विशिष्ट व्यक्तिहरु, पत्रकार, राजनीतिकदलका प्रतिनिधीहरुको उपस्थिती रहेको छ । सोही अवसरमा कम्पनीमा कार्यरत उत्कृष्ट कार्य सम्पादन गर्ने ११ जना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

सुप्रसिद्ध प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व।दिवाकर गोल्छाको दुरदर्शिता, मार्गदर्शनहरु, देश निर्माण प्रतिको निष्ठा र औद्योगिकरण तर्फ उन्मुख रही स्वदेशमै रोजगारी श्रृजनाको सुत्रधारका साथै ३० भन्दा बढी उद्योगहरु स्थापना गरी २५००० भन्दा बढीलाई रोजगारी प्रदान गर्ने सम्मानित ब्यक्तित्वलाई सदासर्वदा आत्मसाथ गर्दै वहांको सम्मान एवम् सम्झनामा हुलास स्टील दिवस को रुपमा मनाउने गरिएको छ ।

दिवाकर गोल्छा फाउन्डेसन ले खासगरी सीप मूलक शिक्षा र समतामूलक समाजको विकास, वातावरण संरक्षण, दैविप्रकोप ब्यवस्थापनबाट सुरक्षित रहन उत्प्रेरित गर्ने अभिप्रायले कार्य गर्ने उद्देश्य लिएको छ ।

साथै, सोही अवसरमा दिवाकर गोल्छा फाउन्डेसनले शिक्षा, स्वास्थ्य, मठमन्दिरहरुको संरक्षण लगायत विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS