IME Life New

कंचनपुरमा डिशहोम फाइबर नेटको औपचारिक सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिश मिडिया नेटवर्क (डिश होम) ले महेन्द्रनगर कंचनपुरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात गरेको छ।  साउन १२ गत उक्त सोरुम उद्घाटन डिशहोमका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रमेश सापकोटा ,हेड रिभेन्यु उज्जल न्यौपाने , रिजनल सेल्स म्यानेजर बिपेन्द्र न्यौपाने , सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा सम्पन्न भएको हो ।
२०७८ फाल्गुन देखी डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त सोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले  अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
८५० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको रोयल मल्टी प्रपोजले अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS