Connect IPS
IME Life

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले मनायो चौधौं वार्षिकोत्सव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले स्थापनाको चौधौं वार्षिकोत्सव मनाएको छ । सन् २००९ मा स्थापना भई सेवा सुरु गरेको कम्पनीले हाल देशभरिका ७४ जिल्लाहरुमा १०० वटाभन्दा बढी आउटलेटबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले ग्राहकहरुको सुविधाको लागि आफ्नै सिडिएन सर्भर जडान गरि फेसबुक, युट्युब, नेटफ्लिक्स, गूगल, अकमाई, जस्ता सामाजिक सञ्जालहरु मार्फत गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गर्ने गरेको छ । कम्पनीले विराटनगर र काठमाण्डौंमा डेटा ब्याकअप सेन्टर स्थापना गरेको छ । यसले छोटो अवधिमा अत्याधिक लोकप्रिय इन्टरनेट सेवा प्रदान गर्न सफल भएको छ ।

Prabhu
Crest

कम्पनीले समय समयमा अत्याधुनिक नवीन प्रविधीहरु भित्र्याउँदै आईरहेको छ । डुअल ब्याण्ड राउटर र आईपीटिभी जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको छ । कम्पनीको १४ औं वार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० एमबिपीएस इन्टरनेट प्लानहरु अत्याधिक छुटमा वितरण गर्दै आईरहेको बताएको छ ।

त्यस्तै कम्पनीको सेवा विस्तारको माध्यमबाट दुर्गम ग्रामीण इलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको कम्पनीले जनाएको छ । सेवा प्रवाहबाट सेवाग्राहीहरुलाई आवश्यकीय इन्टरनेट सेवा प्रदान गर्दै कम्पनीमा कार्यरत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना र राजस्व मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ ।

कम्पनीले १४ वर्षको व्यवसायिक यात्रामा महत्वपूर्ण योगदान पु¥याउने सम्पुर्ण कर्मचारी, ग्राहक, प्राविधिक, व्यवस्थापन समुह, विभिन्न आपूर्तिकर्ता तथा सेवा प्रवाह कम्पनी, नियामक निकाय तथा कम्पनीलाई सहयोग, सद्भाव र मार्गदर्शन प्रदान गर्ने सम्र्पूण सरकारी, गैर–सरकारी संघसंस्था, विषयगत निकाय, सेवा प्रदायक तथा वित्तीय संघसंस्थाहरुलाई धन्यवाद दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS