काठमाडौं । सोल्टी होटेल लिमिटेडले लिन बाँकी पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले यसअघिका विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको हो ।
पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकोले हालसम्म पनि लाभांश रकम लिन छुटेका लगानीकर्तालाई बुझिलिन कम्पनीले जनाएको हो ।
लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा राखिएको जनाएको छ । नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले आवश्यक कागजपत्र सहित शेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ ।