IME Life New

घातक राेगकाे जाेखिम बहनलाई व्यवस्थित गर्न मार्गदर्शन ल्याउँदै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । घातक राेग बीमा सम्बन्धी विवाद समाधानका लागी घातक राेग बीमा सम्बन्धी मार्गदर्शन जारी गर्ने भएकाे छ। जीवन बीमामा अतिरिक्त सुविधा अन्तर्गत घातक राेग सम्बन्धी जाेखिम समावेश गरिए पनि बीमा दाबीका समयमा पुनर्बीमकले दाबी भुक्तानी गर्न आनाकानी गर्ने समस्या विकराल भएपछि प्राधिकरणले विशेष निर्देशिका जारी गर्न लागेकाे हाे ।

प्राधिकरण स्रोतका अनुसार घातक राेग बीमालेख मार्गदर्शनको मस्यौदा तयार भै सकेको र  सम्भवत: साउन महिना भित्र संचालक समितिले अनुमाेदन गरे पछि कार्यान्वयनमा आउने छ।

Esewa
Crest

जीवन बीमालेख निर्देशिका २०७९ काे दफा ७(५) मा घातक राेग सम्बन्धी प्रावधान उल्लेख भएपनि यसकाे शर्त र अवस्थाहरूका सम्बन्धमा स्पष्ट प्रावधान उल्लेख गरिएकाे छैन । बीमालेख निर्देशिकाकाे अनुसूची ४ मा घातक राेग बीमा सम्बन्धी पुरक करारमा न्यूनत्तम समावेश गर्नुपर्ने राेग, जाेखिमांकन र बीमा दाबी सम्बन्धमा सामान्य जानकारी मात्र उल्लेख छ।

हाल जीवन बीमा कम्पनीहरुले १८ देखि २० प्रकारका घातक राेग सम्बन्धी जाेखिम बहन गर्ने सुविधा जीवन बीमालेख अन्तर्गत उपलब्ध गराई रहेका छन् । नेपालमा सूर्य ज्याेती लाईफले सर्वाधिक ३५ प्रकारका घातक राेगकाे जाेखिम व्यहाेर्ने गरी अधिकत्तम ५० लाख रुपैयाँ दाबी भुक्तानी उपलब्ध गराएकाे छ। अन्य बीमा कम्पनीकाे पनि अधिकत्तम जाेखिम बहन सीमा ५० लाख रुपैयाँ रहेकाे छ।

पुरक करारमा उल्लेखित राेग प्रमाणित भएकाे अवस्थामा बीमांक रकम वा ५० लाख रूपैयाँमध्ये जुन न्यून हुन्छ त्यत्ति रकम जीवन बीमा कम्पनीले बीमितलाई उपचार खर्चवापत उपलब्ध गराउँछ। घातक राेग अन्तर्गत मृगाैला, मुटु, कलेजाे, मस्तिष्क घात, क्यान्सर, अंग प्रत्याराेपण, मुटुकाे धमनी शल्यकृया, पार्किन्सन, आगाेले पाेलेकाे, बहिराेपन, बाेल्ने क्षमता गुमाउनु, अल्जाइमर लगायतका राेगकाे उपचार खर्च सुविधा समावेश गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS