IME Life New

माण्डु हाइड्रोपावरको आइपीओमा हालसम्म कतिले दिए आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा २६ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात साउन ११ गते साँझ ५ ०५ बजेसम्म २६ हजार ४२८ जनाले ११ करोड ३५ लाख ४५ हजार १४० रुपैयाँ बराबरको ५ लाख ५१ हजार १९० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार २८ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने समय सकिएको छ तर स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरेको शेयरमा आवेदन दिने म्याद भने थप गरेको छ ।

Esewa
Crest

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

उक्त शेयरका लागि ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं। ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

स्थानिय बासिन्दाले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्कमा आई पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS