IME Life New

उपत्यकासहित बागमतीमा घट्यो सार्वजनिक यातायातको भाडादर, सूचीसहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यका लगायत बाग्मती प्रदेश भित्रका उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादर घटेको छ । वाग्मती प्रदेश सरकारको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज बिहीबार सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम गरेको हो । साउन ११ गतेदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक भएको हो ।

काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ । नयाँ भाडादर अनुसार सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ ।

Esewa
Crest

त्यस्तै, उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ तय गरिएको छ । २० किलोमिटर सम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ कायम गरिएको छ ।

638260613772957332

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS