IME Life New

प्राधिकरणले दाेश्राे पटक फिर्ता गरिदियाे नेपाल लाइफकाे कर्मचारी विनियमावली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले स्वीकृतिका लागी पेश भएकाे नेपाल लाइफ इन्स्याेरेन्सकाे कर्मचारी विनियमावली दाेश्राे पटक फिर्ता गरिदिएकाे छ। सञ्चालक समितिले कर्मचारीकाे सेवा सुविधामा कै‌ंची चलाउँदै आफूखुशी विनियमावली स‌ंशाेधन गरेर प्राधिकरणमा पेश गरेकाे थियाे।

प्राधिकरणले पहिलाे पटकमा अस्वीकृत गरी फिर्ता गरिदिएकाे संशाेधित विनियमावलीमा प्राधिकरणकाे निर्देशन अनुसार आ‌ंशिक संशाेधन गरी पुनः नेपाल लाइफले स्वीकृतिका लागी पेश गरेकाे थियाे । दाेश्राे पटक पेश गरिएकाे स‌ंशाेधित विनियमावलीमा अझै पनि केही प्रावधानहरु श्रम ऐन २०७४ काे प्रावधानसँग बाझिएकाले प्राधिकरणले पुनः फिर्ता गरिदएकाे हाे ।

Esewa
Crest

प्राधिकरण सम्बद्ध श्राेतका अनुसार कर्मचारी कर्जा सुविधा, सञ्चित बिदा सम्बन्धी व्यवस्था, बीमा सुविधा, सवारी साधन, पर्यटन बिदा(अनिवार्य बिदा) सम्बन्धी प्रावधानमा स‌ंशाेधन गरी पुनः पेश गर्न निर्देशन दिइएकाे छ। प्राधिकरणले ३ दिनभित्र पेश गर्न दिएकाे निर्देशनकाे समय सीमा शुक्रबार सकिंदैछ।

नेपाल लाइफकाे मानव संशाधन समितिकाे संयाेजक कृष्ण राज लामिछानेकाे जाेडबलमा कर्मचारीले खाइपाइ आएका सुविधाहरु कटाैती गर्ने प्रस्ताव सञ्चालक समितिले स्वीकृत गरेकाे हाे । पाेखरामा तयार पारिएकाे कर्मचारी विनियमावलीकाे मस्याैदामा कर्मचारीले उपभाेग गर्दै आएकाे घरबहाल रकम,कर्जा रकम, बिदा सुविधा लगायतका सुविधाहरू कटाैती गरिएकाे छ। कर्मचारी यूनियनलाई बाइपास गर्दै तयार पारिएकाे स‌ंशाेधित विनियमावली स्वीकृतिका लागी नेपाल लाइफले पहिलाे पटक २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरण समक्ष पेश गरेकाे थियाे ।

महालक्ष्मी विकास बै‌ंकका पूर्व प्रमुख कार्यकारी अधिकृत लामिछाने नेपाल लाइफ सञ्चालक समिति अध्यक्ष गाेविन्द लाल स‌ंघईद्वारा कम्पनीकाे सञ्चालक समितिका रुपमा भित्र्याइएका हुन् ।  लामिछानेले मानव संशाधन समितिकाे संयाेजककाे जिम्मेवारी सम्हालेयता अनुभवी कर्मचारीलाई हताेत्साहित पार्दै जागिर छाेड्न बाध्य पार्ने र आसेपासेहरुलाई भित्र्याएर छाेटाे अवधिमै पद्दाेन्नतीकाे अवसर दिलाउने कार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

28%
happy

खुसी

11%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

61%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS