Connect IPS
IME Life

सिजि नेटले ल्यायो आकर्षक अफर, यस्ता छन् विशेषताहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली इन्टरनेट सेवा क्षेत्रको परिचित कम्पनी सिजि नेटले आरआरआर (रिफर, रिडिम, रिपेट) नामक उत्कृष्ट अफर लिएर आएको छ । जस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन् । साथै यसै अफर अन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउनेछन् ।

आरआरआर अफर अन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउँनेछन् । यसका साथै ३ जना सम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिने जनाएको छ ।

Prabhu
Crest

सिजिनेटका उत्पादन प्रबन्धक करुणेश गुप्ता भन्छन् “हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई आरआरआर अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौं र हाम्रा हितैषी ग्राहकहरुलाई उहाँहरुको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाहरूको बारेमा प्रचार गरेकामा पुरस्कृत गर्नु पर्दछ भन्ने कुरामा विश्वास राख्दर्छौं“ ।

आरआरआर अभियानमा सहभागी हुन थप प्रोत्साहनको रूपमा, सिजिनेटले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररहरूलाई ट्र्याक गर्नका लागि लिडरसिप बोड लागु गरेको छ । यस अवधिभरमा सफल्तापूर्वक सबै भन्दा बढी रिफर गर्ने ३ जना मध्ये सबै भन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ भने दोस्रो–उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछ र तेस्रो–उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिनेछ ।

लिडरसिप बोर्डले आरआरआर अफरको मैत्री प्रतिस्पर्धालाई सुनिश्चित गर्दछ र ग्राहकहरूलाई सहभागी हुनलाई थप प्रोत्साहन गर्नेछ । यस अफर ४५ दिनसम्म चल्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS