काठमाडौं । आज शेयर बजार बजार नेप्से परिसूचक ३६ दशमलव १९ अंकले घटेर २,१६४ दशमलव ३१ को विन्दुमा कायम भएको छ । हिजो पनि घटेको बजार आज पनि भारी अंकले घटेर बन्द भएको हो । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १७६ कम्पनीको शेयर मुल्य घटेको हो ।
आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटि होटलका लगानीकर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । रिभल फल्स पावरका लगानीकर्ताले ६ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबेभन्दा धेरै नविल डिबेञ्चर २०८५ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६ दशमलव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।