IME Life New

रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा सार्वजनिक भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक भएको हो ।

रियलमी ११ प्रो प्लस ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ । नयाँँ रियलमी ११ प्रो सिरिज ५जीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुचीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जीको डिजाइन गरिएको हो ।

Esewa
Crest

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भनिन्, “हामी सदैव नयाँँ मोडल ल्याउनु भन्दा अगाडि यो कुरा सुनिश्चित गर्दछौँ कि अगाडिको मोडल भन्दा अहिलेको मोडल केही न केही कुरामा लिप फर्वार्ड होस् अर्थात या त डिजाइन, या त क्यामरा, या त प्रोसेसरमा अपग्रेड होस् । हाम्रो ब्रान्डको “डेयर टु लिप“ भन्ने मान्यतामा आधारित रहेर हामी यो कोशीस गर्दछौँ कि हाम्रा नयाँँ सेटहरुले बजारमा स्मार्टफोनको गुणस्तरको मान्यतालाई अझ बढाओस्।

यसै सन्दर्भमा हामीले रियलमी ११ प्रो प्लस ५ जी र रियलमी ११ प्रो ५जी नेपाली बजारमा सार्वजनिक गरेका छौँ । नयाँँ रियलमी ११ प्रो प्लस ५जी को डिजाइन र क्यामरामा व्यापक अपग्रेड गरिएको छ जसले गर्दा यो फोटोग्राफर, गेमर लगायत स्टाइलिश स्मार्टफोन बोक्न रुचाउने जो सुकैको लागि पहिलो रोजाइ बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ । साथै अहिलेसम्म हामीलाई यसरी नयाँ–नयाँँ अपग्रेड सहित रियलमी फोनहरु बजारमा ल्याइरहन प्रेरित गर्नुहुने समस्त नेपाली उपभोक्ताहरु प्रति हार्दिक आभार पनि प्रकट गर्दछौँ ।”

रियलमी ११ प्रो प्लस ५जीमा भएको सबैभन्दा मुख्य फिचर हो यसमा भएको २०० एमपिको ओआइएस सुपरजुम क्यामरा, जुन यो भन्दा अगाडिको कुनै पनि मिड रेन्ज फोनमा थिएन । यसको क्यामरामा सामसँगको आइसोसेल एचपि ३ सुपरजुम सेन्सर रहेको छ जसको सेन्सर साइज १र१।४ इन्चको रहेको छ भने १।६९ को एपर्चर साइज रहेको छ । २०० एमपिको डाइरेक्ट आउटपुट सपोर्ट गर्ने यो क्यामराको हरेक पिक्सेलले फाइनल पिक्चरको गुणस्तरमा भूमिका खेल्दछ ।

त्यस्तै ४ गुणासम्म लसलेस जुम सपोर्ट गर्ने इन सेन्सर जुम टेक्न्लोजीले गर्दा रियलमी ११ प्रो प्लस फाइभ जीबाट फोटो खिच्दा टाढाबाट पनि अल्ट्रा हाइ रेजोलुसनको तस्बिर लिन सकिने कम्पनीले जनाएको छ ।

क्यामरा सेटिङमा सुपर आइओएस, सुपरनाइट इस्केप, मुन मोड र स्टारी मोडको साथ यो रियलमी ११को क्यामराले पक्कै पनि फ्ल्यागशिप लेभलको लिप गरेको छ । सेल्फीमा ३२ एमपिको सोनी सेल्फी क्यामरा दिइएको छ भने सुपर ग्रुप पोट्र्रेट मोड, वान टेक मोड र फ्यान फेभरेट स्ट्रिट फोटोग्राफि मोड ४.० जस्ता आकर्षक फिचरहरु रहेको छ ।

रियलमी ११ सिरिजमा स्मार्टफोन इमेजिङ मात्र नभएर एस्थेटिक्समा पनि व्यापक अपग्रेड गरिएको छ । सनराइज बिज, ओसिस ग्रिन र अस्ट्रल ब्ल्याक जस्ता अत्यन्तै मनमोहक र सुन्दर रङहरुमा उपलब्ध यी दुई सेटहरुको डिजाइन गुचीका प्रिन्ट र टेक्स्टाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा गरिएको हो ।

रियलमी ११ प्रो प्लस फाइभ जी क्यामरा र डिजाइनमा मात्र नभएर सबै कुरामा एक शक्तिशाली अल–राउन्डर हो । ५००० एमएएचको शक्तिशाली ब्याट्रि र १०० वाटको सुपर भोक चार्जिङ सपोर्ट भएकोले गर्दा ब्याट्रि र ब्याकअपमा पनि रियलमी ११ प्रो प्लस फाइभ जी उत्कृष्ट रोजाई हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS