IME Life New

श्रमिकको साथी श्रमिक नै हुनुपर्छ,म जीतको नजिक छु: महासचिव पदका उम्मेदवार खड्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गैर आवासिय नेपाली संघ र अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिदै छ । निर्वाचनमा उम्मेदवारी दिदै विभिन्न आकांक्षीहरुले आफुले जित्ने दावी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यसैबीच महासचिव पदमा उम्मेदवारी दिएका कोरियामा चिरपरिचित सन्तोष खड्काले मतदाताको आकर्षणको केन्द्र आफु रहेको दावी गरेका छन् ।

रामेछापमा जन्मिएर कोरियालाई कर्मभुमी बनाई सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीको रुपमा आफुलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३/०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

Esewa
Crest

नेपाली समाजमा निकै परिचित उनी हाल नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका बरिष्ठ उपाध्यक्ष , रामेछाप सम्पर्क समिति दक्षिण कोरिया ,नेपाल तराई समाज दक्षिण कोरिया लगायत आधा दर्जन संघ सस्थाहरुका सल्लाहाकार समेत रहेका छन् । कामदार दैनिकका सम्पादक समेत रहेका उनी सेवा प्रबाह, मकै हाउस अनलाइन लगायत आधा दर्जन भन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा समेत कार्यरत छन् ।

’मोटिभेसन’ वक्ताको रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस, दक्षिण कोरिया, फिलिपिन्स लगायत बिभिन्न देशहरूमा ’मोटिभेसनल’ वक्ताको रुपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेका उनी हाल विद्या बारिधी अध्ययनरत छन् ।

विभिन्न सम्मेलनहरुमा धेरैपटक कोरिया आइसकेका उनी निरन्तर रूपमा भने अध्ययनको सिलसिलामा २०१३ देखि स्थायी रुपमा कोरियामा बसोबास गरिरहेका छन् । आफु विद्यार्थी र श्रमिक दुबै भएकोले विद्यार्थी र श्रमिकहरुको हकहितको लागि आफ्नो मुख्य प्राथामिकता हुने बताउदै आफ्नो कार्यकालमा नारामा हैन साच्चिकै एनआरुएनए विद्यार्थी र श्रमिक मैत्री हुने बताए ।

सन्तोष खड्काले सार्वजनिक गरेका आफ्ना निति र चुनावी एजेन्डाहरु यस्ता छन् 
खड्काले श्रमिकको साथी साथै श्रमिक नै हुने र आफुपनी श्रमिक भएकोले आफ्नो उम्मेदवारी रहेको जनाएका छन् । यस्तै उनका अन्य सार्वजनिक निति तथा एजेन्डाहरुमा महिनाको ४ वटै आइतबार र रातो विदामा पनि नेपाली राजदुतावासको सेवा दिनको लागि आफ्नो पहल रहने उल्लेख गरेका छन् ।

नेपाली राजदुतावास र एनआरएनए को संयुक्त आयोजनामा भइरहेको पासपोर्ट नविकरण र अन्य विविध सेवासहितको घुम्ती सेवालाई निरन्तरता दिई अझ प्रभावकारी र सबैको पहुँचमा पुर्याउने, महङ्गो भाडा दरको स्थायी समाधानको लागि सम्बन्धित पक्षसँग छलफल गरि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई कोरिया देखि नेपालसम्म सिधा उडानको लागि सम्बन्धीत निकाय सँग पहल गर्ने उनको सार्वजनिक एजेन्डा रहेका छन् ।

कोरियामा नेपाली भाषा, संस्कृति एवं रितिरिवाजको प्रवर्द्धनका निमित्त कोरियाली विद्यालयहरुमा नेपाली भाषा, संस्कृति एवं रिति रिवाज सम्बन्धि कक्षा संचालनको लागि सम्बन्धित पक्षसँग पहल गराउने कुरालाई उनले आफ्ना एजेन्डाहरुमा समावेश गरेका छन्।

यस्तै कोरियामा उच्च शिक्षाका लागि आउने नेपाली विद्यार्थीहरुका समस्या समाधान, भाषागत तथा कानुनी परामर्श सम्बन्धी समस्या समाधानका लागि विगतमा पनि प्रयास रहेको र यदि आफू महासचिव पदमा निर्वाचित भए आफुले गरेका यी सबै बाचा पूरा गर्ने प्रतिबद्धता खड्काले जनाएका छन् ।

आफ्ना चुनावी निति एवं एजेन्डा सार्वजनिक गर्ने क्रममा खड्काले आफुले कुरा भन्दा काम गर्न जानेको हुँदा आफ्नो पक्षमा मत खस्ने बिश्वास दिलाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS