Connect IPS
IME Life

डिएभी विद्यालयमा भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ शुक्रबारसम्पन्न भएको छ । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरुले बिभिन्न प्रकारका भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए । साथै भारतिय चर्चित कलाकार द्वय सौन्दर्य पानापिल र सशी रमेशले बेजोड प्रस्तुती दिएका थिए ।

डिएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुले ‘पुष्पाञ्जली’ भरतनाट्यम प्रस्तुत गरे भने निम्न माध्यमिक विद्यालय र माध्यामिक तहका विद्यार्थीहरुले क्रमशः ‘अलरीप्पु’ र ‘मल्लारी’ नृत्य प्रस्तुत गरे । भरतनाट्यम प्रशिक्षक द्वय अनु लामा र बिनिता मण्डल पनि विद्यार्थीहरुसँगै प्रस्तुत भएका थिए ।

Prabhu
Crest

कार्यक्रममा ‘गजवन्दना करुना साधना’, ‘पग घुँगरु बन्ध मिरा’ र ‘तीलना धनश्री’ नृत्य समेत प्रस्तुत गरिएका थिए । उक्त साँस्कृतिक साँझ सुशिला आर्ट्स एकेडेमि काठमाण्डौँ, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाण्डौँ र डिएभी विद्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन ।  सुशिला आटरस एकेडेमिकी संस्थापक युलिया कोइरालाले स्वागत मन्तव्य दिदै शास्त्रीय शिक्षाको महत्व र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको अन्तरसम्बन्ध बारेमा आफ्नो धारणा राखेकी थिईन ।

त्यसैगरी स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका निर्देशक डा.आश्वारी बापतले भरतनाट्यम साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको चर्चा गर्दै सुशिला आर्टस एकेडेमि र डिएभी विद्यालयले सयुक्त प्रशिक्षण सञ्चालन गरिरहेको सुन्दा आफु निकै हर्षित भएको बताइन । उनले सम्पूर्ण विद्यार्थीहरुलाई भरतनाट्यम विधा लगायत आ–आफ्नो रुचि अनुसारको अन्य साहित्यको अध्ययन, अनुसन्धान र सृजनामा व्रियाशिल रहन प्रेरित समेत गरिन । उनले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेका विभिन्न कार्यक्रमहरुको जानकारी समेत गराइन् ।
कार्यव्रmमकी मुख्य अतिथि अभिनेत्री मनिषा कोइरालाले उनलाई बाल्यकालमा भरतनाट्यम र मणिपुरे नृत्य सिकाएकी स्व. सुशिला कोइरालाको स्मरण गर्दै भावुक बनिन । उनले स–साना बालबालीकाहरुको प्रस्तुतीको मुक्त कण्ठले प्रशंसा गरिन । साथै सुशिला आर्ट्स एकेडेमी, डिएभी विद्यालय र स्वामी विवेकानन्द सास्कृतिक केन्द्रलाई सफलताको शुभकामना दिईन ।

उक्त कार्यक्रममा डिएभी विद्यालयका अध्यक्ष, अनिल केडिया, भाइस–प्रिन्सिपल रामचन्द्र खनाल, विनोद यादव प्रिन्सिपल माछापुच्र्छे आइ बी स्कुल, मुकुन्द शर्मा प्रिन्सिपल लिटील एन्जल्स स्कुल, ए.पी विनोद कुमार प्रिन्सिपल केन्द्रिय विद्यालय र सुबाश न्यौपाने प्रिन्सिपल एपेक्स लाइफ स्कुल लगायत भरतनाट्यम साहित्य अनुरागिहरुको उल्लेख्य उपस्थित रहेको थियो । सोहि अवसरमा बिजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

निम्न माध्यामिक कोअर्डिनेटर कृष्ण जोशीले शास्त्रीय साँझलाई भव्य एवं सभ्यरुपमा सम्पन्न गराउन योगदान पु¥याउने सबैलाई धन्यवाद दिदैँ कार्यक्रम औपचारिक रुपमा समापन भएको जानकारी गराएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS