IME Life New

नेपाल क्लियरिङ्ग हाउस बीपीए अवार्ड २०२२ बाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) लाई नेशनल बेष्ट प्रिजेन्टड अवार्ड अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिएको छ । एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा चार्टड अकाउन्टेन्ट अफ नेपाल द्वारा संचालन गरिएको वार्षिक कार्यक्रममा सो पुरष्कार प्रदान गरिएको हो ।

अघिल्ला वर्षहरुमा पनि एनसीएचएलले चार्टड अकाउन्टेन्ट अफ नेपाल तथा साउथ एसियन फेडरेसन अफ नेपालबाट विभिन्न पुरष्कार तथा सम्मानहरु प्राप्त गरिसकेको छ । सन् २०१८ मा सोही अवार्डको सार्वजनिक क्षेत्रको विधा अन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा साफा उत्कृष्ट वार्षिक प्रतिवेदन अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” पनि प्राप्त गरेको थियो । यसैगरी सन् २०१९मा एनसीएचएललाई आइक्यान तथा बिपीए अन्तर्गत सोही विधामा पहिलो स्थानको पुरस्कार र साफाद्वारा तेश्रो स्थानको पुरस्कारले सम्मानित गरिएको थियो ।

Esewa
Crest

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ ।एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजर तर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS