काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा ४२ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमाससम्म १ अर्ब २ करोड नाफा कमाएकोमा गत आर्थिक वर्ष ७९/८० को चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ४५ करोड खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानी ४४ दशमलव ७५ प्रतिशतले वृद्धि हुँदा खुद नाफामा टेवा पुगेको हो ।
नाफा वृद्धिसंगै कम्पनीको प्रति शेयर आम्दानी पनि वृद्धि भएर ६ रुपैयाँ ७६ पैसा पुगेको छ । वितरणयोग्य नाफामा पनि वृद्धि देखिएको छ। वितरण योग्य नाफा ३१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५ करोड पुगेको छ ।
निक्षेप संकलन १०३ दशमलव ५७ प्रतिशतले वृद्धि हुँदै ८९ करोड १६ लाख पुगेको छ भने कर्जा प्रवाह २९ दशमलव ६१ प्रतिशतले वृद्धि हुँदै २० अर्ब १४ करोड पुगेको छ ।