IME Life New

लगानीकर्तालाई छरितो र विश्वसनीय सेवा दिने चुनौती नयाँ ब्रोकरको काँधमाः अध्यक्ष हमाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र दलालको इजाजत प्राप्त गरेका नयाँ कम्पनीका लागी ठूलो जिम्मेवारी र चुनौतीरहेको बताएका छन् ।क्यापिटल म्याक्स सेक्यिुरिटिजको औपचारिक उद्घाटन गर्दै अध्यक्ष हमालले आम लगानीकर्तालाई सहजरुपमा छिटोछरितो सेवा प्रवाह गर्ने चुनौती नयाँ ब्रोकर कम्पनीको काँधमा आएको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, एउटा यात्रा शुरु भएको छ । यात्राको क्रममा अब धेरै चुनौतिहरु आउनेछन् । सेवा तथा सुविधामा कुनै पनि बृद्धि नै भएन, प्रविधिको पनि राम्रोसँग प्रयोग भएन् भने लाइसेन्स पाउनुको कुनै पनि अर्थ नरहने बताए।
ब्रोकर कम्पनीहरुले लाइसेन्स पाउनका लागि गरेको संघर्षसँगै अब सेवाको स्तर, प्रविधि, प्रोडक्ट, र जनता वा सेवाग्रहीरुलाई दिने सेवामा कुनै पनि गुनासो नआउने काम गर्न आग्रह गरे ।

Esewa
Crest

उनले सेवा विस्तार र लागत कटौतीका लागी प्रतिष्पर्धा हरेक क्षेत्रमा अनिवार्य रहेको बताउँदै यही सिद्धान्त लागू गर्नका लागि बोर्डले धेरै संघर्ष गर्नुपरेको उल्लेख गर्दे भने,तर सबैलाई यसले अझ जागरुक र चेतनशिल बनाउनेछ ।

हामीले यसअघि १८ वटा र अहिले ११ वटा गरी २९ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिइसकेका छौं । मेरो कार्यकालमा पुर्वाधार पुगेको खण्डमा मैले १ घण्टा पनि ढिलो हुनेछैन् । लाइसेन्स पाउनका लागि अब जति बाँकी छन् उनीहरुलाई बोर्डको नियमावलीमा भएको पूर्वाधार तयार पारेर अगाडी आउन आग्रह गरे ।

उनले थपे, यसपालीको मौद्रिक नीतिमा बजारको विकास तथा विस्तारको बारेमा राम्रो कुरा आउनेमा म विश्वस्त छु ।
बजारको विकासका लागि चाहिले पुर्वाधारको लागि हामीले हेरेका छौ। आगामी दिनमा हामीले धेरै परिवर्तन देख्न सक्छौ । उनले भने एसएमइ प्लेफर्मका लागि नेपाल सरकारमा दस्तावेज पठाएको धेरै भयो तर नियमावली पास भएको छैन । जसमार्फत धेरै सुविधा पाइन्छ । बुझ्ने लगानीकर्ताको लागी धितोपत्र बजार राम्रो लगानीको क्षेत्र हो । तर नबुझनेका लागि असफल पनि भइन्छ, त्यसकारण नबुझ्नेले लहलहैमा हाम नफालौं ।

उनले घरेलु धितोपत्र बजारमा ऋण पत्र बजारको आवश्यक महशुस गरिएको उल्लेख गर्दै यसका लागी विश्व बैंकसँग सहकार्य भइरहेको जानकारी समेत गराए । उनले भने, यसको शुरुवात मेरै कार्यकालमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS