IME Life New

क्यापिटल म्याक्स सेक्युरिटिजको औपचारिक उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको क्यापिटल म्याक्स सेक्युरिटिजको कार्यालयको आज उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कमलपोखरी स्थित ब्रोकर कार्यालयको शुक्रबार उद्घाटन गरेका हुन् ।

गत असार २८ गतेबाट नेप्सेमा कारोबार शुरु गरेको म्याक्स सेक्युरिटिज  लिमिटेड अर्थात ब्रोकर नम्बर ६२ ले आज औपचारिक उद्घाटन गरेको हो । असार २८ गते नेपाल एसबीआई बैंकको १० कित्ता शेयर किनेर यस ब्रोकरले नेप्सेमा कारोबारको प्रारम्भ गरेको थियो ।

Esewa
Crest

सो उद्घाटन कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा शेयर बजारका अभियान्ता छोटेलाल रौनियारले सेबोनले जस्तै प्रभावकारी रुपमा लगानीकर्ताको हितमा नेप्सेले पनि काम गर्नुपर्ने धारणा व्यक्त गरे ।उनले भने, नेप्सेमा विद्यमान कमीकमजोरीलाई सुधार्दै लैजानुपर्छ । त्यस्तै, उनले टिएमएसमा समय समयमा आइरहेको समस्यालाई निरुपण गर्नुपर्ने बताए।

हकप्रद शेयर भर्न छुटाएका लगानीकर्तालाई समय छँदै एसएमएसमार्फत् पूर्व सूचना जारी गरेर सबैले हकप्रद शेयर भर्न पाउने व्यवस्था मिलाइ दिन समेत उनले सिडिएसीलाई आग्रह गरे ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताको सुविधालाई ध्यानमा राखेर काम गर्न सुझाव दिए । उनले भने,लगानीकर्ताको सेवा , सुविधालाई बुझेर काम गर्न सकियो भने बल्ल विश्वास गर्नेछन् । जबसम्म लगानीकर्ताको मन जित्ने काम गर्न सकिदैन् तबसम्म हामीले लगानी बजारमा सफलता पाउँदैनौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS