Connect IPS
IME Life

सेतीखोलाले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि विक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले प्रति शेयर १ सय रूपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुका लागि आइपीओ विक्री गर्न लागेको हो । सो सम्बन्धी कम्पनी र क्यापिटलले सम्झौतापत्र गरेका छन् ।

उक्त सम्झौता—पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी एक अर्ब पचास करोड रूपैयाँ, जारी पूँजी एक अर्ब पचास करोड रूपैयाँ, र चुक्ता पूँजी अठासी करोड छयालिस लाख पैचालीस हजार रूपैयाँ रहेको छ ।

Prabhu
Crest

सेतीखोला हाइड्रोपावर लिमिटेड बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा बि.स. २०८० अषाढ, २९ गते प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । उक्त संस्थामा मुख्य लगानीकर्ता Dolma Impact Fund II रहेको छ जसले संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत शेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराल लगायतका पोखराका स्थानिय बासिन्दाहरुको रहेको छ ।

यस कम्पनी अध्यक्ष अनुप आचार्य रहेका छन् भने सञ्चालकको रुपमा दिपक बराल, हरिबाबु न्यौपाने, सम्झाना आचार्य, विद्यावारिधी सिग्देल र राम बहादुर पहाडी रहेका छन् । उक्त संस्थाको २२ मेगावाट क्षमता भएको बार्षिक उत्पादन क्षमता १३७.१८ रहेको छ र बि.स. २०८१ श्रावण १३ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । यस हाइड्रोपावरको कुल लागत ५०५ करोड रहेको छ र हाल उक्त आयोजनाको ५५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS