काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ३१ अंकले घटेर २,१६३ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनकिो शेयर मुल्य बढेको छ भने १२३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।