IME Life New

सञ्चय काेषले दुर्घटना राहतवापत बाँड्याे ४४ लाख रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय काेषले दुर्घटनामा परी मृत्यु भएका २२ जना सञ्चयकर्ताकाे हकवालालाई राहत रकम उपलब्ध गराएकाे छ। काेषले असार १२ गतेकाे निर्णय अनुसार २२ जना सञ्चयकर्ताकाे हकवालालाई कूल ४४ लाख रुपैयाँ राहत रकम वितरण गरेकाे हाे ।

काेषका अनुसार क्षतिपूर्ती उपलब्ध गराइएकामध्ये १६ जनाकाे माेटर दुर्घटनामा परी मृत्यु भएकाे थियाे । यसैगरी कूल २२ जनामध्ये ९ जना विभिन्न सुरक्षा बल र प्रहरीमा कार्यरत सुरक्षाकर्मीकाे हकवाला रहेका छन् । मृत्यु हुनेमा अधिका‌ंश पुरूष सदस्य रहेका छन् ।

Esewa
Crest

पाेखरामा २०७९ माघ १ गते भएकाे यती एयर लाइन्सकाे विमान दुर्घटनामा परी ज्यान गुमाएकी अधिकृत कानून मन्त्रालय पाेखराका अधिकृत लक्ष्मी पाैडेलकाे परिवारजनलाई पनि काेषले दुई लाख रुपैयाँ क्षतिपूर्ती उपलब्ध गराएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS