IME Life New

‘वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि,२०८०’ जारी, विदेश भ्रमणमा जाँदा पाँच प्रतिशत शुल्क लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले ‘वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि,२०८०’ जारी गरेको छ । उक्त कार्यविधि अनुसार विदेश भ्रमणमा जाँदा पाँच प्रतिशतसम्म शुल्क तिर्नुपर्ने हुन्छ ।

आर्थिक ऐन,२०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख गरिएको छ । सो व्यवस्थालाई कार्यान्वयनमा ल्याउन विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि,२०८० जारी गरेको हो ।

Esewa
Crest

कार्यविधि अनुसार,वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगानी असुल गर्नुपर्ने उल्लेख छ । साथै फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफूसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखाङ्कनका बखत पाँच प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS