काठमाडौं । हिजो धारी अंकले बढेको शेयर बजार आज सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९१ अंकले बढेर २,१५४ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मुल्य बढेको छ भने १०६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २५५ कम्पनीको ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्तको शेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।