काठमाण्डाै । राष्ट्रिय ध्वजावाहक वायू सेवा कम्पनी नेपाल वायूसेवा निगमले गत आव २०७९ ८० मा साँवा र ब्याज समेत जम्मा ३ अर्ब ७७ कराेड रुपैयाँ कर्जा भुक्तानी गरेकाे छ।
निगमले असार महिनामा कर्जाकाे किस्तावापत नागरिक लगानी काेष र कर्मचारी सञ्चय काेषलाई समेत गरी कूल ८३ करोड लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । यसअघि गत आवको तेस्रो त्रैमाससम्म निगमले २ अर्ब ९४ करोड २८ लाख ६४ हजार रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।
निगमले दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदका लागी दुबै काेषसँग कर्जा लिएकाेमा लामाे समयदेखि साँवा र ब्याज भुक्तानी गर्न बन्द गरेकाेमा गत आवदेखि चुक्तालाई निरन्तरता दिएकाे हाे । निगमले साँवा र ब्याज भुक्तानी नगर्दा दुबै काेषले असुलउपर गर्नुपर्ने ब्याजलाई समेत पूँजीकरण गरेका थिए।
निगमले आन्तरिक उडान भर्ने ३ वटा साना जहाज समेत आफ्नै आन्तरिक स्रोतबाट किन्ने प्रक्रिया पुनः शुरु गरेको छ ।