IME Life New

बैंकको जागिर छोडेर निलम मिश्रले सञ्चालनमा ल्याइन् ‘दि स्टाइल जोन’ सलुन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको चावहिलमा महिला र पुरुष दुबैलाई सेवा दिने अत्याधुनिक युनिसेक्स सलुन ‘दि स्टाइल जोन’ सञ्चालमा आएको छ । आज साउन १ गतेदेखि उक्त सलुन सञ्चालनमा आएको हो । सलुनको उद्घाटन बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक र उनका नाती प्रनिल पाठकले गरेका हुन् ।

उद्घाटनको क्रममा सभामुख पाठकले उद्यम व्यवसायले महिलाहरूको आयस्तरमा सुधार ल्याउनुका साथै अगाडि बढ्न पनि थप हौसला प्रदान गर्ने बताए । ‘व्यवसाय गर्दा पनि अझ आफूलाई अनुभव भएको र मनले खाएको व्यवसाय उचित हुन्छ,’ उनले भने ।

Esewa
Crest

आज सञ्चालनमा आएको ‘दि स्टाइल जोन’ सलुनमा महिला र पुरुष दुबैलाई हुने युनिसेक्स सेवा उपलब्ध भएको सलुनकी प्रबन्ध निर्देशक निलम मिश्रले जानकारी दिइन् ।

अत्याधुनिक सलुनमा सबै उमेर समूहका ग्राहकको लागि हेयर कटिङ, हेयर स्टाइलिङ, कलरिङ, मेक अप, मेहेन्दी, ब्राइडल प्याकेज, स्किन केयर, आई ल्यासेस बनाउने तथा मिलाउने, मेनिकयूर, पेडिकयूर, नेल आर्ट आदि सेवा उपलव्ध भएको प्रबन्ध निर्देशक मिश्रले उद्घाटनको क्रममा जानकारी दिइन ।

‘२५ लाख लगानीमा सुरु गरिएको उक्त सलुन (ब्युटी पार्लर) मा साउन महिनाभरी ग्राहकले जुनसुकै सेवामा २५ प्रतिशत छुट पाउनु हुनेछ,’ उनले भनिन् ‘सलुनमा विश्व बजारमा चलेका उत्कृष्ट सेवाहरू उपलब्ध छ ।’

विवाह र बच्चा भएपछि बैंकको जागीर छाडेर घरमा बसेकी मिश्रले बच्चाको साथै आफ्नो करियर ग्रोथ गर्न सलुन स्थापना गरेकी हुन् । ‘घर बसेपछि मलाई आफै उद्यमी बन्ने अर्थात केहि गरौं भन्ने चाहना जागृत भयो,’ उनले भनिन् ‘त्यसैलाई साहाकार पार्न सलुन सञ्चालनमा ल्याएकी हुँ । यो व्यवसाय सुरु गर्न मलाई मेरो परिवारको पूर्ण साथ र सहयोग सहयोग छ ।’

उनले सलुनमा ५ जनालाई रोजगारी दिएकी छिन् । एक हजार स्वायर फिटमा फैलिएको उनको सलुनमा प्रशस्त सवारीसाधन पार्किङको सुविधा समेत रहेको छ । ‘चावहिलबाट भत्केको पुल जाने मेन बाटोमा क्लिन्टन स्कूल पर्छ र त्यहि स्कूलको अपोजिट साइटमा मेरो पार्लर छ, उनले भनिन् । ‘यहि स्पेसमा पहिला पनि चलेको सलुन थियो,’ उनले भनिन् ‘त्यहि भएर ग्राहकलाई यहाँ आइपुग्न गाह्रो पर्दैन ।’

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS