काठमाडौं । आजबाट सार्वजनिक यातायातको भाडादर घटेको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर घटाएको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ। यसको आधारमा यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराइमा ३.०९ प्रतिशतले भाडा घटाएको विभागले जनाएको छ ।
asar 1 naya bhada