IME Life New

अदालतमा विचाराधीन मुद्धा फिर्ता लिनेगरी ल्याइएको विद्येयक गलत मनसायले ल्याइएको हो: सांसद श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अदालतमा विचाराधीन मुद्धा फिर्ता लिनेगरी ल्याइएको विद्येयकलाई गलत मनसायले ल्याइएको विद्येयक भन्दै सांसदहरुले विरोध गरेका छन् । प्रतिनिधिसभामा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले अपराधिलाई पखाल्न संसद गंगाजल नभएको बताएकिछिन् ।

सांसद श्रेष्ठका अनुसार उक्त विद्येयक संविधानको धारा १, २१ र ४६ को विपरित भएको बताएकी छिन् । संविधान विपरित रहेको विद्येयक कानुन मन्त्रालयबाट कसरी पारित भयो भन्दै उनले प्रश्न गरेकी छिन् । उनले अदालतको काम कर्तव्य र अधिकारमा प्रत्यक्ष राजनितिकर्मीहरुको हस्तक्षेप भएको भन्दै राजनितिको नाममा कसलाई जोगाउन ल्याएको विद्येयक भन्दै विरोध गरिन् ।

Esewa
Crest

उनले इट्टा भट्टामा ज्यूँदै मान्छे पोल्नेका लागि यो विद्येयक ल्याएको हो ? एम्बुलेन्सबाट मान्छे थुतेर मार्ने मान्छेको लागि ल्याएको हो अथवा भाला रोपेर मान्छे मार्नेका लागि ल्याएको हो भन्दै सांसदमा प्रश्न तेर्साइन् । आयोगमाथि आयोग गठन हुने तर कहिल्यै प्रतिवेदन सार्वजनिक नभएको भन्दै जनताको सेवा गर्छु भनेर सांसदमा आउने तर सांसदमा आएपछि यस्ता विद्येयक ल्याएर जनतमाथि दमन गर्ने मालिक बन्न खोज्ने भन्दै उनले आक्रोस पोखिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS