काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड छ । कम्पनीले हकप्रद शेयर विक्री गर्न असार २७ गते सेबोनमा निवेदन दिएको हो । हाल कम्पनीको चुक्ता पूँजी रू। १ अर्ब ४५ करोड छ ।