काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक १२ दशमलव १६ प्रतिशतले बृद्धि हुँदा २०९७ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बजार बढ्दा आज सर्वाधिक कमाउनेमा म्युच्युल फन्डका इकाइधनीहरु रहेका छन् । आज सनराइज फोकस इक्वीटि फन्डको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति इकाई मूल्य ९ रुपैयाँ कायम भएको छ । यसैगरी आज एनआइबीएल ग्रोथ फन्ड ९ दशमलव ९२ प्रतिशतले बृद्धि हुँदा प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको छ । साथै आज सानिमा गेथ फन्डको शेयर ९ दशमलव ९० प्रतिशतले बृद्धि हुँदा प्रति इकाई मूल्य ९ रुपैयाँ कायम भएको छ ।