IME Life New

नेपाल वायुसेवा निगमले माग्यो ३० जना विमान परिचारिका, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायु सेवा निगमले ठूलो संख्यामा विमान परिचारिका (एयर होस्टेस) को माग गरेको छ । निगमले २०८० जेठ मसान्तसम्म रिक्त रहेको दरबन्दीमा पदपूर्ति गर्न पाँचौ तहमा ३० जना एयरहोस्टेसको माग गरेको हो ।

निगमका कर्मचारीहरुको सेवा, शर्त सम्बन्धी विनियमापली,२०५८ को विनियम बमोजिम करार सेवामा पदपूर्ति गर्न लागिएको हो । योग्यता पुगेका नेपाली नागरिकले सूचना जारी भएको १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने छ। यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु वा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण भएकाले निगमको वेवसाइटमा भएको आवेदन भर्नुपर्ने छ । उक्त आवेदन भर्न भने कनेक्ट आइपीएस वा खल्ती मार्फत तोकिएको दस्तुर १ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

Esewa
Crest

आवेदकको उमेर भने १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ । साथै कम्तिमा ५ फिट २ इन्च हुन जरुरी छ भने कुनै प्रकारको अशक्तता अपाङ्गता नभएको हुनुपर्ने छ ।

आवेदन दिन इच्छुकले २०८० साउन १४ गतेसम्म तोकिएको दस्तुर बुझाएर आवेदन दिन सक्नेछन् भने साउन १५ देखि २१ गतेसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।

1689428263_1689428263

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS