IME Life New

घोराही सिमेन्टको आइपीओ आज बाँडफाँड हुने, सबै आवेदकले शेयर पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा आज बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको कार्यालयमा आज दिउँसो ३ः३० बजे शेयर बाँडफाँड हुने जनाएको छ ।

कम्पनीको आइपीओमा पछिल्लो तथ्यांक अनुसार ६ लाख ७३ हजार ८३९ जना आवेदकबाट ११ अर्ब ५ करोड ७८ लाख ३९ हजार २०० रुपैयाँ बराबरको २ करोड ५४ लाख २० हजार ३२० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको कुल शेयर ६९ लाख ११ हजार ६७० कित्ता शेयरको ३.६७ गुणा बढी हो ।

Esewa
Crest

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार सबै आवेदकले न्युनतम १० देखि २० कित्तासम्म शेयर पाउने छन् ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

8%
sad

दु :खी

25%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS