IME Life New

विकास न्युजका सम्पादक पौडेललाई ज्यान मार्ने धम्की, इम्सनको गम्भीर ध्यानाकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विकास न्युज डटकमका सम्पादक रामकृष्ण पौडेललाई विवादास्पद व्यवसायी दुर्गा प्रसाईले ज्यान मार्ने धम्की दिएका छन् । प्रसाईको यस्तो कदमलाई लिएर इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रसाईले २०८० असार २९ शुक्रबार साँझ ६:५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पौडेललाई ज्यान मार्ने धम्की दिएका थिए ।

Esewa
Crest

शक्ति केन्द्रहरुका आडमा विवादित अभिव्यक्ति र गतिविधी गर्दै आईरहेका प्रसाईले इम्सनका संस्थापक अध्यक्ष समेत रहेका पौडेललाई समाचार लेखेकै आधारमा फोन गरेर ज्यान मार्ने धम्की दिनु भत्सर्ना योग्य र आपत्तिजनक रहेको इम्सनले जनाएको छ ।

सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित सामग्रीहरुमा चित्त नबुझे आफ्ना कुरा राख्ने र कानुनी उपचारमा जाने व्यवस्थाहरु छन् । तर प्रसाईले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालका मौजुदा ऐन कानुनहरुको बर्खिलाप हुने गरि ज्यान मार्ने धम्की दिनु भनेको प्रेस स्वतन्त्रताका विरुद्धमा मात्रै नभएर ज्यान मार्ने उद्मोग सम्बन्धी कानुन समेत आकर्षित हुने बिषय बन्न पुगेको इम्सनको भनाइ रहेकोछ ।

संकास्पद पृष्ठभूमि र गैर कानुनी अभियानहरु चलाएर नेपाली समाजलाई नै बिथोल्ने प्रयास गरिरहेका प्रसाईमाथि आवश्यक छानविन गरि कानुनी कारवाहीको प्रक्रिया अघि बढाउन इम्सन नेपालले सरकार, गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS