काठमाडौं । एनएमबि क्यापिटलले आफ्ना हितग्राही खातावालाहरुलाई खाता नविकरण गर्न आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० सम्मको डिम्याट खाता संचालन गरे बापतको १०० रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
असार मसान्त अर्थात असार ३१ गते भित्र उक्त शुल्क इसेवा, कनेक्ट आइपीएस, आइएमई पे, खल्ति, प्रभु पे, मार्फत शुल्क बुझाउन सकिनेछ । तोकिएको अवधिमा शुल्क भुक्तानी नगरेमा उक्त खाता रोक्का गर्ने क्यापिटलले जनाएको छ ।