IME Life New

रासायनिक मल कारखाना स्थापनाका लागि अध्ययन गर्न लगानी बोर्ड र डीआइएजी इन्ड्रष्ट्रीबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डीआईएजी इन्ड्रष्ट्री जीएमबीएच, जर्मनीबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बिहीबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र डीआइएजी इन्ड्रष्ट्री जीएमबीएचका प्रबन्ध निर्देशक बेञ्जामिन बेकरले हस्तारक्षर गरेका हुन् । सम्झौताअनुसार डीआईएजी इन्ड्रष्ट्री जीएमबीएचले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई बुझाउनु पर्नेछ । डीआईएजीले प्राकृतिक ग्यास ‘इलेक्ट्रोलाइसिस’ वा ’हाइब्रिड’ प्रविधिमध्ये उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

Esewa
Crest

साथै, आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख छ ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डीआईएजी इन्ड्रष्ट्री जीएमबीएचको प्रस्तावका आधारमा लगानी बोर्डको २०७८ चैत १७ मा सम्पन्न ५०औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा २०७९ चैत ३० मा लगानी बोर्डको ५३औँ बैठकबाट स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS