Connect IPS
IME Life

ग्रीन भेन्चर्सको साधारण सभा आज हुँदै, यस्ता छन् ७ एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा आज असार २९ गते शुक्रबार गर्ने भएको छ । उक्त सभा उक्त सभा बोनेश्वर थापागाउँमा गर्ने कम्पनीले जनाएको छ । कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, नाफा तथा नोक्सान विवरण, नगद प्रवाह विवरण सहितको वार्षिक आर्थिक विवरण पारित गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमीक निर्धारण गर्ने, कम्पनीको नियमावलीको नियम २७ (२) मा संस्थापक मध्येबाट निर्वाचित ५ जना, सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित १ जना र १ जना स्वतन्त्र संचालक गरी जम्मा ७ जना संचालक रहने व्यवस्था भएकोले संस्थापक समूहबाट ५ जना र सर्वसाधारण शेयरधनी समूहबाट १ जना संचालकको निर्वाचन गर्नेछ ।

सभाले स्वतन्त्र संचालक नियुक्ती गर्ने, कम्पनीका संचालकको बैठक भत्ता निर्धारण गर्ने, कम्पनीको नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावः कम्पनीको नियमावलीको नियम २७ (३) मा संचालकहरुको कार्यकाल ५ वर्षको हुने व्यवस्था भएको र नियमावलीको नियम २९ (२) मा स्वतन्त्र संचालकको कार्यकाल ५ वर्षको हुने व्यवस्था भएको तर कम्पनी ऐनको दफामा संचालकको कार्यकाल ४ वर्षको हुने व्यवस्था भएकोले सो अनुकुल संचालकको कार्यकाल ४ वर्ष राख्नको लागि नियमावलीका उक्त नियमहरुमा संशोधनको लागि विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असार १५ गते बुक क्लोज गरेको थियो । असार १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS