IME Life New

कुथेली बुखरीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको छ ।

सोको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

सीडीएसका अनुसार आइपीओमा असार २८ गते साँझ ५ः०४ बजेसम्ममा ८ लाख ५० हजार ६९१ जनाले ९१ करोड ७८ लाख १२ हजार रुपैयाँ बराबरको ९१ लाख ७८ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीको आइपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको मेरो सेयर वेबसाइटमार्फत पनि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS